काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई–मधेस द्रुतमार्गको स्थलगत निरीक्षण गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज उक्त आयोजना अन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको हो।
प्रधानमन्त्रीसहितको टोली निरीक्षणका लागि हेटौँडातर्फ लागेको छ। प्रधानमन्त्री ओलीले निर्माणाधीन सुरुङ, सडक तथा पुलहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ।