फाइल तस्बिर
पूर्वी नवलपरासी। जिल्ला प्रशासन कार्यालयले बुटवल–नारायणगढ सडक आयोजनालाई स्पष्टीकरण सोधेको छ। शुक्रबार बुटवल–नारायणगढ सडक ओयोजनाको पूर्वी खण्डको कार्यालय प्रमुख इन्जिनियर आशिष थापालाई स्पष्टीकरण सोधिएको हो।
बुटवल–नारायणगढ सडक निर्माण आयोजनाको पूर्वीखण्डको कार्यालय गैंडाकोटमा छड्के जाँच गर्दा आयोजना प्रमुखसहित कर्मचारी कोही पनि नभएपछि स्पष्टीकरण सोधेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।
कार्यालयमा गार्डबाहेक कोही भेटिएको र राजमार्गमा कहीँ कतै काम भएको समेत नदेखिएपछि काम नगर्नुको कारण के हो भनेर स्पष्टीकरण सोधेको उनले बताए।
२०७९ साउन २२ भित्र निर्माण गर्नेगरी ११३ किलोमिटर विस्तारको ठेक्का २०७५ चैत ८ मा भएको थियो। समयमा काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो। उक्त अवधिमा पनि काम नसकिएपछि थप एक वर्ष म्याद थपिएको हो।
म्याद थप गरेको दुई साथा बितिसक्दा समेत काममा चासो नदेखाएपछि आयोजनालाई स्पष्टीकरण सोध्न बाध्य हुनु परेको प्रमुख पोखरेलले बताए।