काठमाडौं। काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाखा–धेद्रे सुरुङ ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्वीच थिचेर १.७२८ किलोमिटरको सुरुङ ‘ब्रेक थ्रु’ गरेका हुन्।
कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे जानकारी लिएका छन्।
प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको भौतिक प्रगति हालसम्म ३५.९८ प्रतिशत पुगेको जानकारी गराए।
२०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ। आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन्।