काठमाडौं। पहिरोले कालिगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको छ। भारी वर्षाले पहिरो खस्दा करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो।
प्रहरीका अनुसार अविरल वर्षाले दब्ल्याङमा पहिरो खस्दा करिडोर पूर्णरुपमा अवरुद्ध भएको हो।
हिजो साझदेखि निरन्तर वर्षा भइरहेको कारण सडक खुलाउन नसकिएको प्रहरीले बताएको छ। सडक अवरुद्ध हुँदा सबै सवारीसाधन रोकिएका छन्।