काठमाडौं। ३३ किलोमिटर सडक कालोपत्र गरेको छ। सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको हो।
३७ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखेकोमा ३३ किलोमिटर सडक कालोपत्र गर्न सफल भएको सडक डिभिजन दमकले जनाएको छ।
सडक कालोपत्र भएपछि अझ आवतजावतमा सहज भएको नागरीकले बताएका छन्। कच्ची सडक अथवा खाल्टाखुल्टी सडकबाट यात्रा गर्न समस्या भइरहेको अवस्थामा सडक डिभिजन दमकले सडक कालोपत्र गरेपछि सहज भएको हो।