काठमाडौं। खराब मौसमका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ उडान प्रभावित बनेको छ। आज बिहानैदेखि परेको पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा हवाइ उडान प्रभावित बनेको हो।
अवतरण गर्न नसकेर केही जहाज डाइभर्ट गरिएको र केही भने आकाशमा नै होल्ड भएको विमानस्थल कार्यालयले जनाएको छ। समयमा उडान हुन नसक्दा उडान सेडुल समेत प्रभावित भएको छ। आन्तरिक तथा बाह्य दुवै उडान हुन नसक्दा यात्रुहरु अलपत्र परेका छन्।