काठमाडौं। तित्याङ–रायडाँडा सडक स्तरोन्नतीको काम सुरु भएको छ। बागलुङ बजारबाट तित्याङ हुँदै भकुण्डे रायडाँडा पुग्ने सडक दुई वर्षभित्र कालोपत्र सक्नेगरी स्तरोन्नति गर्न थालिएको हो।
बागलुङ बजारको अदालत चौपारीबाट गौँडाकोट, तित्याङ, दह, भुकण्डे हुँदै रायडाँडाको सिमानासम्म पुग्ने सडक स्तरोन्नति गरेर दुई वर्षभित्र कालोपत्र समेत सक्ने निर्माण कम्पनीले जनाएको छ।
वि.सं २०६० मा स्थानीयले चन्दा सङ्कलन गरेर ट्र्याक खोलिएको उक्त सडक २१ वर्षपछि स्तरोन्नती गर्न लागिएको हो। निर्माणका लागि ठेक्का सम्झौता भएपनि निर्माण कम्पनीले काम नगर्दा दुई दशकभन्दा बढी समयसम्म उक्त सडक स्तरोन्नती हुन सकेको थिएन।
गत चैतमा नयाँ ठेक्का लगाएर काम सुरु गरेको बताइएको छ।