काठमाडौं। पहिरोका कारण बल्खु–हेटौंडा सडक खण्ड अवरुद्ध भएको छ। अविरल वर्षापछि पहिरो खस्दा बल्खु–हेटौंडा सडक अवरुद्ध भएको हो।
चोभारमा आज विहान दुई ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि काठमाडौंबाट हेटौंडाको लागि छुटेका र हेटौंडाबाट काठमाडौंका लागि छुटेका यात्रुहरु आफ्नो गन्तब्यमा पुग्न सकेका छैनन्।