फाइल फोटो
मुग्लिन। मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ। पहिरोले सडक अवरुद्ध भएको हो।
चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
पहिरो पन्छाउने काम भइरहेको भएपनि ठुलो पहिरो खसेको कारण समय लाग्ने प्रहरीले जनाएको छ।
पहिरो खसेपछि सवारी साधन रोकिएको बताइएको छ।