फाइल फोटो
लमजुङ। अविरल वर्षाले पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। गएराति खरखरे भिरमा र खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएपछि सबै सवारी साधन रोकिएका छन् भने यात्रामा रहेका यात्रीहरु समस्यामा परेका छन्। सडक खुलाउन प्रयास भइरहेको प्रहरीले बताएको छ।