बागलुङ। बागलुङको बढिगाड गाउँपालिकामा गएको पहिरोमा घाइते भएका तीन जनालाई हेलिकोप्टर मार्फत काठमाडौँ ल्याइएको छ। मङ्गलबार बिहान पहिरोमा परी गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।
आर्मीको हेलिकोप्टर मार्फत उनिहरुलाइ काठमाडौं ल्याइएको हो। काठमाडौंस्थित सैनिक अस्पताल छाउनीमा उपचार हुने बताइएको छ।
बढिगाड गाउँपालिका १० बस्ने १९ वर्षीय रिमा पुन, ३१ वर्षकी सिता थापा र ४६ वर्षकी सङ्गीता बुढालाई काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ।
पहिरोले घर गोठ बगाउँदा पहिरोमा परी ८ जनाको मृत्यु भएको थियो। भने ४ जना बेपत्ता छन्। ९ जना घाइते भएकाका थिए। घाइते मध्य तीन जनाको अवस्था गम्भिर भएको कारण हेलिकोप्टरबाट काठमाडौं ल्याइएको बताइएको छ।