जुम्ला। अविरल वर्षासँगै आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। गगनेखोला, एसमोड र कालेखोलामा क्षति पुर्याएपछि राजमार्ग अवरुद्ध भएको हो।
आज बिहानदेखि राजमार्ग अवरुद्ध भएपछि सबै सवारी साधन विचबाटोमै रोकिएको प्रहरीले जनाएको छ। यात्रामा रहेका यात्रीहरु अलपत्र परेका छन्।
पहिरो पन्छाउने कार्य भइरहेको बताइएको छ।