सिरहा। कमला नदीमा पुल बनाउन माग गर्दै स्थानीयबासीले प्रदर्शन गरेका छन्। बिहीबार पुल निर्माण संघर्ष समितिमार्फत स्थानीयले महावीर चोकदेखि थाना चोकसम्म नारा लगाउँदै प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीले आइतबार सिरहाको बसबिट्टादेखि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म मोटरसाइकल जुलुस निकाल्ने भएका छन्।
पुल शिलान्यास भएको १३ वर्ष बितिसक्दा पनि पुल निर्माण पूरा हुन नसकेपछि स्थानीय आक्रोशित बन्दै आएका छन्।