म्याग्दी। पहिरो खसेपछि बेनी–दरबाङ सडक अवरुद्ध भएको छ। शुक्रबार साँझ बेनी–दरबाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२, स्थित पानाबगर र खहरे खोलाको बीच भागमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएपछि जिल्लाका धवलागिरि, मालिका र मङ्गला गाउँपालिका सहित छिमेकी जिल्ला बागलुङको पश्चिम भेगका नागरिक समेत समस्यामा परेका छन्।
अहिले पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।