फाइल फोटो
पाल्हीनन्दन। नारायणी नदीमा सुस्ता जोड्ने गरी झोलुङ्गे पुल निर्माण गरिएको छ। नवलपरासी (बर्दघाट‐सुस्ता–पश्चिम) को नारायणी नदीमा पुल निर्माण गरिएको हो।
उक्त पुल २३ करोड ६५ लाख ९८ हजार ८ सय रुपैयाँको लागतमा निर्माण भएको बताइएको छ। पुल निर्माण भएपछि सो क्षेत्रका स्थानीयमा खुशी छाएको छ।
भौतिक काम सम्पन्न भएपनि सो पुलको औपचारिक रूपमा उद्घाटन नभएको बताइएको छ।
पुल निर्माण भएपछि आन्तरीक पर्यटक बढ्नेमा विश्वस्थ थिएउ, नभन्दै पुल औपचारीक रुपमा उद्घाटन नहुँदै आन्तरीक पर्यटकको संख्या बढेको स्थानीयले बताए।