काठमाडौं। आज बागमती र गण्डकी प्रदेशका थोरै भागहरूमा र बाँकी प्रदेशका एक–दुई भागमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पु्र्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने केही प्रदेशका केही भागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
आज राती कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई भागमा भारी वर्षाको सम्भावना रहेको छ भने, केही प्रदेशको थोरै भगमा मध्यम र हल्का वर्षाको सम्भावना रहेको छ।
वर्षा बाट हुने ठुलो धनजनको क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।