जुम्ला। कर्णाली राजमार्ग आज बिहानबाट सञ्चालनमा आएको छ। पहिरोले अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको हो।
कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको बताइएको छ। पहिरो पन्छाएपछि सडक पुर्णरुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।