सुनसरी। धरानमा खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता भएको छ। आन्दोलनरत विभिन्न १० राजनीतिक दल र धरान उपमहानगरपालिका नगरप्रमुख हर्क साम्पाङबीच ३ बुँदे सहमति भएसँगै खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता हुने भएको हो।
धरानमा खानेपानीको शुल्क र महसुल बढाइएपछि आन्दोलनरत राजनीतिक दल र नगरप्रमुख साम्पाङबीच आइतबार ६ घण्टा लामो वार्तापछि सहमति भएको छ। सहमतिसँगै तीन सातादेखि चरणबद्ध रुपमा चलिरहेको आन्दोलन समेत स्थगित भएको छ।
खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ। सहमतिबारे सोमबार सर्वदलीय बैठक बसेर पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने बताइएको छ।