धनुषा। सिरहा र धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीयले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका छन्।
संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएका स्थानीयले आइतबार नयाँ पुल निर्माणको माग गर्दै मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका हुन्।
संघीयता ल्याइएको र संघीयता आएको ९ वर्षसम्म पनि एउटा पुलका लागि केन्द्रसम्म जानुपरे प्रदेश रहनुको औचित्य नभएको समेत समितिले ज्ञापनपत्रमा उल्लेख गरेको छ।
उनीहरुले एक हप्ताभित्र आफूहरुको माग पूरा नभए मुख्यमन्त्री कार्यालयअगाडि भदौ ५ देखि आमरण अनशन गर्ने चेतावनी समेत दिएका छन्।