कञ्चनपुर। बेदकोट नगरपालिका–७ सुडा बजार क्षेत्रमा थालिएको सडक ग्राभेलको काम स्थानीयले रोकेका छन्। सडकको कालोपत्रे उप्काएर गिटि समेत नहटाइ ग्रोभल गर्न थालेपछि शनिबार बिहान स्थानीयले अवरोध गरेका हुन्।
बर्खाको बेलामा हुँदाहुँदैकाे कालोपत्र उप्काएर हटाउनुपर्ने सामग्री नहटाएरै काम गर्न थालेपछि रोकेको स्थानीयले बताए। स्थानीयले कालोपत्रे उप्काएपछि हटाउनुपर्ने सामाग्री हटाएर मात्र काम गर्नुपर्ने माग गर्दै आएका छन्।
बेदकोट नगरपालिकाले सुडा बजार क्षेत्र र केही माथि महाकाली सिंचाइ आयोजनाको नहर आसपासको क्षेत्रमा गरी ५५० मिटर सडक कालोपत्र गर्न गत असार १९ मा त्रिपुरा सुन्दरी निर्माण सेवासँग ४५ लाखमा ठेक्का सम्झौता गरेको हो।