धनुषा। कमला नदीमा पुल निर्माणको माग गर्न बनेको संघर्ष समितिले उक्त माग कार्यान्वयन नभए अनशन बस्ने चेतावनी दिएको छ। संघर्ष समितिले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई कमला नदीमा नयाँ पुल निर्माणको माग कार्यान्वयन नभए अनशन बस्ने चेतावनी दिएको हो।
कमला पुल निर्माण संघर्ष समितिले सिरहा र धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै आइतबार मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएको छ। सात दिनभित्र माग कार्यान्वयन नभए मुख्यमन्त्री कार्यालयअगाडि भदौ ५ देखि आमरण अनशन गर्ने संघर्ष समितिले चेतावनी दिएको हो।
उनीहरुले संघीयता ल्याइएको ९ वर्षसम्म पनि एउटा पुलका लागि केन्द्रसम्म जानुपरे प्रदेश रहनुको औचित्य के रहयो भन्दै मुख्यमन्त्रीलाई प्रश्न समेत गरेका छन्।
कमला नदीमा पुल निर्माणको माग गर्दै स्थानीयसहित संघर्ष समितिले लामो समयदेखि आन्दोलन गर्दै आएको छ।