फाइल तस्बिर
सल्यान। सल्यान जिल्लाको कालिमाटी गाउँपालिकामा रहेको बबई नदीमा पक्की पुल निर्माण गरिएको छ। राष्ट्रिय योजना आयोगको २१ करोड लागतमा बबई नदीमा पुल निर्माण गरिएको हो।
२०७४ मा ईलाईट जेभीले सुरु गरेको पुल निर्माणको काम
पूरा नगरेपछि साझेदारी कम्पनी रसुवाले काम गरेर पुल निर्माणको काम पूरा गरेको हो।
खलंगाबाट कालीमाटी–दम्दवाली–चचप्परगौरी हुँदै नेपालगन्ज जाने सडकमा पर्ने उक्त पुल निर्माण भएसँगै स्थानीयलाई सहज भएको छ।