फाइलः तस्विर
बैतडी। ढोल्यामोड–हाट सडक ४ दिनदेखि अवरुद्ध छ। बैतडी जिल्लाको पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने उक्त सडक चार दिनदेखि अवरुद्ध भएको हो।
विभिन्न ठाउँमा पहिरो खसेको छ भने, ठाउँठाउँमा सडक भासिएको नगरपालिकाले जनाएको छ।
४ दिनदेखि सडक अवरुद्ध हुँदा पैदल यात्रा गर्नु पर्ने भएकोले निकै समस्या भएको बताइएको छ।