फाइलः तस्विर
नवलपरासी। नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ। उक्त पुल निर्माण सम्पन्न भएको २ वर्षपछि सञ्चालनमा आएको हो।
सो झोलुङ्गे पुल रु छ करोड लागतमा रुबिना – मना जेबी ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको हो। पुलका लम्बाइ करिब पाँच सय ३५ मिटर रहेको बताइएको छ।
माडी नगरपालिका–१ मा पर्ने वाल्मीकि आश्रमसम्म पुग्न उक्त पुल निर्माण गरिएको बताइएको छ। पुल सञ्चालनमा आएसँगै त्रिवेणीबाट नेपालको भूभाग हुँदै वाल्मीकि आश्रम जान सकिने भएको छ।