काठमाडौं। विष्णुमती खोलामा स्टिलको पुल निर्माण गर्न सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको वडा नम्बर १५ को डल्लु क्षेत्र र वडा नम्बर १९ स्थित कंकेश्वरी मन्दिर जोड्ने गरी पुल निर्माण सुरु गरिएको हो।
खोलामा रहेको झोलुंगे पुल भत्किएपछि उक्त खोलामा स्टिलको पुल बनाउन लागेको बताइएको छ।
पुल नहुँदा वारपार गर्न निकै नै समस्या हुँदै आएको स्थानीयले बताए। अब पुल निर्माण भएपछि सहज हुने उनिहरुको भनाइ छ।