सिन्धुपाल्चोक। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अरनिको राजमार्ग निर्माण कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्। मंगलबार सिन्धुपाल्चोकका विभिन्न स्थानको अनुगमनका लागि पुगेका मन्त्री दाहालले राजमार्ग निर्माणमा भइरहेको ढिलासुस्ती हटाएर तीव्रताका साथ काम गर्न निर्देशन दिएका हुन्।
मन्त्री दाहालले पुल निर्माणका काममा भएका अवरोध र समस्याको समाधान गरेर सडकलाई व्यवस्थित र सुरक्षित बनाउन भनेका छन्।
स्थानीय जनप्रतितिनिधीहरुले समेत बारम्बार सडक पहिरोले क्षति पुर्याउने भएकाले स्थानीय श्रोत साधनले मर्मत र सुरक्षा गर्न कठिन भएको भन्दै मन्त्री दाहालको ध्यानाकर्षण गराए।
मन्त्री दाहाल मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायतसँग सिन्धुपाल्चोकका विभिन्न स्थानको अनुगमनमा पुगेका थिए।