ताप्लेजुङ। अढाइ महिनादेखि उडान हुन नसकेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आजदेखि पुन उडान सुरु हुने भएको छ। नेपाल वायुसेवा निगमले यात्रु पाए आजदेखि काठमाडौं–सुकेटार उडान गर्ने भएको हो।
यसअघि निगमले सातामा तीन दिन उडान गर्दै आएको थियो भने मौसम खराबीका कारण गत जेठ ११ गतेदेखि एउटा पनि उडान हुन सकेको थिएन। मौसमले साथ दिए र यात्रु पाएमा आजदेखि भने पुन उडान सुरु गर्ने गरी तालिका बनाएको निगमले जनाएको छ।