काठमाडौं। सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना तयार गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना स्वीकृत गरेको हो।
मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत कार्ययोजना तयार भइ मन्त्रीपरिषदबाट स्वीकृत समेत भएको जानकारी दिएका हुन्।
ठूलो ऋण लगानीमा बनेका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अझै नियमित हुन सकेको छैन।