फाइलः फोटो
काठमाडौं। नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ।पहिरोले सडक अवरुद्ध भएको हो।
दुई ठाउँमा पहिरो गएको बताइएको छ। चुम्लिङटारमा दुईतर्फी नै सडक अवरुद्ध भएको छ भने मौवाखोलामा एकतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ।
पहिरोले सडक अवरुद्ध हुँदा आवतजावतमा निकै समस्या भएको बताइएको छ।