ताप्लेजुङ। पहिराले फक्ताङ्लुङ गाउँपालिकाको घुन्सा खोलाको पुल बगाएको छ। कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुल बगाएको हो।
घुन्सा खोलाको ८१ मिटर लामो पुल बगाएको बताइएको छ। पुल बगाएपछि आवतजावतमा निकै समस्या भएको स्थानीयले बताए।
कञ्चनजङ्गा आधार शिविर जाने पदमार्ग पुग्न सोही पुल तरेर जानु पर्ने भएकोले आवतजावतमा समस्या भएको छ। समस्या समाधानको लागि केही विकल्प गर्ने गाउँपालिकाले जनाएको छ।