काठमाडौं। दैलेख, आध्यात्मिक तथा धार्मिक ठाउँ, निकै किंवदन्तीहरु गाँसिएको ठाउँ। भन्नै पर्दा यो एक ऐतिहासिक स्थल हो। पराजुलीहरुको पुरानो ठाँटथलोको रुपमा प्रचलित डाँडा पराजुल पनि यसै जिल्लामा पर्दछ। समयसंग अन्यत्र झै धेरै बदलिने नसके पनि केही भने अवश्य बदलिएको छ।
यसै जिल्लाको यो तस्विर भने लोहोरे खोलामा बनेको उहिलेको झोलुङ्गे पुलको हो। यो शायद अहिलेको माथिल्लो डुङ्गेश्वरबजार नजिकै हुनुपर्छ। अहिले त ढुङ्गेश्वर नजिकै पक्की पुल पनि बनिसकेको छ। सुनिल उलकको फेसबुक पेजबाट