काठमाडौं। नेपाल टेलिकमको प्रिपेड सिमबाट अब अन्तर्राष्ट्रिय रोमिङ सेवा लिन सकिने भएको छ। ४० वटा देशमा रोमिङ सेवा लिन सकिने भएको हो।
कम्पनीका अनुसार अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिनेछ।
सेवाग्राहीले *1415*7# डाएल गरेपछि उपलब्ध भएको मेनुको आधारमा उक्त सेवा सञ्चालन हुने टेलिकमले जनाएको छ।