काठमाडौं। म्याग्दीको रघुगंगा नगरपालिका–७ मा निर्माणाधीन माथिल्लो ठूलो खोला–ए जलविद्युत् आयोजनाको विद्युत् प्रसारणका लागि प्रसारण लाइन निर्माण गरिने भएको छ। ठूलो खोला हाइड्रोपावर कम्पनीले १३२ केभी विद्युत् प्रसारण लाइन निर्माण गर्न लागेको हो।
प्रसारण लाइन निर्माण गर्नका लागि कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएको छ।
जलविद्युत् आयोजनाको स्विचयार्डदेखि अन्नपूर्ण गाउँपालिका–३ मा रहेको नेपाल विद्युत् प्राधिकरणलको २२०/१३२/३३ केभी दाना सवस्टेसनसम्म प्रसारण लाइन निर्माण गर्ने कम्पनीले जनाएको छ।
२९.५४९ किलोमिटर लामो विद्युत् प्रसारण लाइनमा ९१ वटा टावरहरू रहने छन् भने टावरको उचाई अधिकतम ३४.६९ मिटर तथा टावरबीचमा ८७ देखि ९०० मिटरसम्म रहने कम्पनीले जनाएको छ।