धनकुटा। धनकुटाको सिधुवा–शुक्रबारे जोड्ने सडक कालोपत्रे सम्पन्न भएको छ। कोशी प्रदेश सरकारको ८९ करोड ९० लाख रुपैयाँको लागतमा १७ किलोमिटर सडक कालोपत्र गरिएको हो।
कालोपत्र सम्पन्न भएको सडकको बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन् । मुख्यमन्त्री कार्कीले सडक उद्घाटन गर्दै उक्त सडक निर्माणले स्थानीय बजार प्रवर्द्धन र पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए।