काठमाडौं। ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ। धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारदेखि चार्ज गर्न सुरु गरिएको हो।
सरकार र नेपाल विद्युत् प्राधिकरणको १ अर्ब १३ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको प्रसारण लाइनको लम्बाइ २३ किलोमिटर छ भने ९१ वटा टावर निर्माण गरिएको छ।
प्रसारण लाइन सञ्चालनमा आएसँगै अब धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार हुनुको साथै बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो हुने विश्वास लिइएको छ।