बागलुङ। बोङ्गाखोलामा पक्की पुल निर्माण भएको छ। बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा पक्की पुल निर्माण भएको हो।
उक्त पक्कि पुल दुई करोड ७१ लाख २७ हजार ९६४ लागतमा कान्तिपथ कन्ट्रक्सनले निर्माण गरेको हो।
चार वर्षपछि उक्त पुल निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ। लामो समयपछि पुल निर्माण सम्पन्न हुँदा आफूहरु खुशी भएको स्थानीयले बताए।
बोङ्गाखोलामा पक्की पुल निर्माण भएपछि अब साना तथा मझौला सवारी साधनहरु आवतजावत गर्न मिल्ने भएको छ, जसको कारण सजिलै गाउँदेखि बजार जाने र आफुलाई चाहिने दैनिक उपभोग्य सामान ल्याउन सहज हुने भन्दै स्थानीयले खुशी ब्यक्त गरे