संखुवासभा। खाँदबारी–किमाथांका सडक अवरुद्ध भएको छ। उक्त सडक डेढ महिनादेखि अवरुद्ध भएको हो।
संखुवासभाको मकालु र भोटखोला गाउँपालिकामा पर्ने एकुवाखोलामाथिको पक्की पुल बाढीले बगाएपछि सडक डेढ महिनादेखि अवरुद्ध भएको बताइएको छ।
असार ६ गते आएको पहिरोले ३० मिटर लामो पक्की पुल बगाएपछि आवतजावतमा निकै समस्या भएको स्थानीयले बताए।
हामिहरु आफैले श्रमदान गरेर पैदल हिँड्नका लागि सानो गोरेटो बाटो खुला त गरेका छौं तर डेढ महिनादेखि सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ल्याउन नै समस्या भएको छ, उनिहरुले बताए।