परासी। पूर्वी नवलपरासीको दाउन्ने सडक चार दिनपछि दुईतर्फी सञ्चालनमा आएको छ। चार दिनपछि हिजो साझबाट सडक सञ्चालनमा आएको हो।
गत साउन २८ गते सडक भासिएर अवरुद्ध भएको थियो। भासिएको सडकलाई मर्मत गरेर सोमबारदेखि सडक एकतर्फी सञ्चालनमा आएपनि दुईतर्फी सडक नखुल्दा समस्या भएको थियो। हिजो साझदेखि सडक दुईतर्फी नै सञ्चालनमा आएको छ।
सडक दुईतर्फी सञ्चालनमा आएपछि रोकिएर बसेका सवारी साधन आफ्नो आफ्नो गन्तब्य तिर लागेको प्रहरीले जनाएको छ।