काठमाडौं। छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध भएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
अविरल वर्षासँगै विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको बताइएको छ।
सडक अवरुद्ध हुँदा यात्रामा रहेका सवारी साधन रोकिएका छन्, भने यात्रुहरु अलपत्र परेको बताइएको छ।