फाइल तस्बिर
दाङ। हुलाकी सडक अन्तर्गत लमही नगरपालिका क्षेत्रभित्र पर्ने सडक क्षेत्रको भौतिक संरचना हटाउन पहल थालिएको छ। भौतिक संरचनाका कारण यस क्षेत्रको सडक विस्तार नभएकाले अहिले सडक क्षेत्रको दायाँबायाँ १५/१५ मिटर गरी ३० मिटर खाली गराउन पहल थालिएको हो।
नगरपालिकाले ३५ दिने सूचना जारी गरेर संरचना हटाउन आह्वान गरेको छ। स्थानीयले सडकभित्र पर्ने संरचना हटाउने नगरपालिकाको विश्वास छ।
सडक क्षेत्र खुला भएपछि सडक कालोपत्रे गर्ने, फुटपाथ बनाउने काम अघि बढ्ने बताइएको छ।
हुलाकी सडक विस्तार गर्दा जग्गाको मुआब्जा पाएपनि संरचनाको नपाएको भन्दै भत्काउन मानेका थिएनन्। लामो सयमदेखि यस क्षेत्रको सडक मुआब्जा विवादले नै रोकिँदै आएको थियो।