फाइल तस्बिर
धनकुटा। पहिरोका कारण सेउले–मधुगंगा कृषि ग्रामीण सडक अवरुद्ध बनेको छ। बिहीबार राति धनकुटा नगरपालिका–३ स्थित चिउरेबोटेमा पहिरो जाँदा सेउले–मधुगंगा कृषि ग्रामीण सडकमा क्षति पुगेको हो।
सेउले र चिउरबोटे बीचको खहरे खोला माथिबाट खसेको पहिरोले करिब ५० मिटर सडक क्षतिग्रस्त भएको छ। सडकको माथिल्लो भागमा ठुला–ठुला ढुंगा अड्किएका कारण तत्काल डोजर लगाएर मर्मत गर्न समेत जोखिम रहेको बताइएको छ।
सडक अवरुद्ध बनेसँगै यस क्षेत्रका स्थानीय प्रभावित बनेका छन्। यहाँको कृषिजन्य उत्पादन बजार पुर्याउन कठिन भएको, विद्यार्थीलाई विद्यालय जान समस्या भएकाे, विरामीलाई अस्पताल लैजान समेत नसकिने अवस्था रहेको स्थानीयको भनाइ छ।