काठमाडौं। पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्दा हवाई इन्धनमा विशेष छुट दिइने भएको छ।
शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पोखरा र भैरहवा विमानस्थलबाट विदेशमा उडान भर्ने कम्पनीलाई तोकिएको मूल्यमा प्रतिकिलोमिटर १०० डलर छुट दिने निर्णय गरेको हो।
पोखरा र भैरहवा विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय उडान वृद्धि गर्न गराउने अपेक्षाका साथ उक्त निर्णय गरेको बताइएको छ।
यस्ता निर्णयसँगै प्रतिकिलोलिटर १ हजार ४२ डलर रहेको अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धन पोखराा र भैरहवामा ९४२ डलरमा झर्ने भएको छ।