गुल्मी। जिल्लाको तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ। अविरल वर्षाको कारण सो सडक अवरुद्ध बनेको हो।
सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको प्रहरीले बताएको छ।
यसैगरी रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा तम्घास‐रिडी सडक अवरुद्ध बनेको बताइएको छ।
पूर्णरुपमा सडक अवरुद्ध हुँदा लामोदेखि छोटो दुरीका सबै सवारी साधन रोकिएका छन् भने यात्रुहरु बिचबाटोमै अलपत्र परेको प्रहरीले जनाएको छ।