म्याग्दी। उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण गरिएको छ। २५ लाख लागतमा उक्त पुल निर्माण गरिएको हो।
निर्माण भएको पुल २५ मिटर लामो रहेको बताइएको छ। ढोरपाटन नगरपालिकाको आर्थिक सहयोगमा सो पुल निर्माण गरिएको बताइएको छ।
उक्त पुल निर्माण भएपछि स्थानीयलाई सहज त हुने नै भयो पर्यटकहरुलाई पनि सहज हुने र पर्यटकको संख्या बढ्ने विश्वास गरिएको ढोरपाटन नगरपालिकाले जनाएको छ।