काठमाडौं। छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध भएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
शुक्रबार बेलुकी परेको अविरल वर्षासँगै विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको जाजरकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
केही स्थानमा पहिरो हटाए पनि शनिबार बिहान फेरि पहिरो खसेका कारण अहिले सडक अवरुद्ध भएको प्रहरीले बताएको छ।
आज बिहानैदेखि पहिरो पन्छाउने प्रयास गरिरहेको भएपछि बिहानैबाट वर्षा भइरहेको कारण समस्या भएको बताइएको छ।