काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानीको चुहावट नियन्त्रण गर्न निर्देशन दिएका छन्।
मन्त्री यादवले महाँकाल चौर पानी पोखरी, थोक वितरण प्रणाली निर्माण आयोजना बागमती कोरिडोर गोकर्ण तथा फोहर पानी प्रशोधन केन्द्र गुह्येश्वरीको अवलोकन गर्दै उक्त निर्देशन दिएका हुन्।
उनले खानेपानीका पाइप फुट्दा त्यसमा दिसा मिँसिदा फोहरपानी पनि आपूर्ति भइरहेको भन्दै सचेत रहन समेत निर्देशन दिए।
खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक बजेटको जोहो गर्ने जिम्मा आफूले लिने भन्दै मन्त्री यादवले पानीको चुहावट रोक्न र जनतालाई वर्षभरी शुद्ध पानी खुवाउन निर्देशन दिएका हुन्।