म्याग्दी। मुस्ताङको छुसाङ–चैलै सडक खण्ड स्तरोन्नति गरिएको छ। पाँच किलोमिटर सडक स्तरोन्नति गरिएको हो।
रोहित एण्ड छिरिङ/डीएस बिल्डर्स/युनाइटेड जेभी कन्स्ट्रक्सनले चार करोड ३१ लाखमा ठेक्का सम्झौता गरेको थियो।
निर्माण कम्पनीले सम्झौता गरिएको समय भन्दा अगाडी नै निर्माण कार्य सम्पन्न गरेको बताइएको छ।
सडक ग्राभेल, कल्भर्ट तथा नाली निर्माण र छुसाङस्थित मुस्ताङ गेट पुल संरक्षण लगायतका कार्य गर्न २०८० चैत ९ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो।
२०८१ भदौ १५ गतेसम्म म्याद रहेको उक्त ठेक्काको ९५ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ।