काठमाडौं। महेन्द्र राजमार्गअन्गर्तत कमला–बागमती सडक निर्माणको ठेक्का लागेको छ। कमला–ढल्केबर–बागमती निर्माणको ठेक्का लागेको सडक विभागले जनाएको हो।
सडक विभागका अनुसार कमला–ढल्केबर–बागमती खण्डको कुल ७४ किमिमध्ये पहिलो खण्डको २२ किलोमिटर सडक स्तरोन्नतिका लागि भारतीय कम्पनी ईकेके इन्फ्रास्ट्रक्चर लिमिटेड छनोट भएको हो। यो खण्ड ५ अर्ब ७९ करोड ३७ लाख रुपैयाँमा ठेक्का लागेको हो।
दोस्रो खण्डको २९ किलोमिटर सडक स्तरोन्नतिका लागि ६ अर्ब ४३ करोड लागतमा चिनियाँ र नेपाली निर्माण कम्पनी सान्सी वाटर रिसोर्स एन्ड हाइड्रोपावर इन्जिनियरिङ ग्रुप (स्वेग) र रसुवागढी कन्स्ट्रक्सन कम्पनी (आरसीसी) जेभीले पाएका छन्।
तेस्रो खण्डमा कुल २३ किलोमिटर सडक निर्माणको ठेक्का स्वेग र आरसीसी जेभीले नै ६ अर्ब ७२ करोड ८३ लाख लागतमा पाएका छन्।
सडक विभागले चैत २०८० मा ठेक्का आह्वान गरेको थियो।