दार्चुला। गोकुलेश्वर–खलंगा सडक अवरुद्ध भएको छ। महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलंगा सडक अवरुद्ध भएको हो।
शनिबार राति परेको अविरल वर्षाका कारण पहिरोले खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सबै सवारी साधन रोकिएका छन्।
पहिरो पन्छाउने प्रयास भइरहेको भएपनि ठाउँठाउँमा पहिरो गएको कारण समय लाग्ने प्रहरीले जनाएको छ।