काठमाडौं। नारायणगढ–मुग्लिङ सडकमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा भरतपुर क्षेत्रमा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो।
महाशाखाका अनुसार भरतपुरको देवघाट, शक्तिखोर, कालीखोला, सखर र आसपासमा भारी वर्षा भएको छ।
लगातारको भारी वर्षाका कारण नारायणगढ-मुग्लिङ सडकखण्डका केही साना खहरेहरूमा आकस्मिक बाढी, गेग्रान बहाव र पहिरोको जोखिम रहेको महाशाखाले सतर्कता अपनाउन भनेको हो।